बढैयाताल १० साउन
बढैयाताल गाउँपालिका क्षेत्रमा बसोबास गरिरहेको पीडितको समग्र तथ्यांक संकलन तयारी गरिरहेको जानकारी अध्यक्ष हिमालय त्रिपाठीले जानकारी दिए । उक्त कुरा बढैयाताल गाउँपालिकाका प्रमुख, प्रतिनिधी र पीडितहरु बीच २०८१ साउन १० गते (२५ जुलाई २०२४) मा वकालत बैठकमा बताउनु भएको हो ।

बढैयाताल गाउँपालिकाले पीडितहरुको सवाल सम्बोधन गर्न आयआर्जन क्षेत्रमा हरेक बर्षको कार्यक्रम बनाई आवश्यक बजेत पनि विनियोजन गरि सम्बोधन गरिरहेको । महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद १३२५ र १८२० राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनका लागि समिति गठन गरी काम अगाडी बढाइसकेको जानकारी दिनुभयो ।

पीडितहरु आफ्ना सवालमा छलफलका लागि आफ्नै नेतृत्वमा वकालत बैठकका लागि बढैयाताल गाउँपालिकासंग समन्वय गरेका थिए । बैठकमा ZFD(GIZ/CPS) को सहयोग र सहकार्यमा सञ्चालन भइरहेको ‘Enhancing the voices of Conflict victims through storytelling and Advocacy’ परियोजनाको बारेमा कार्यक्रम संयोजक मानबहादुर चौधरीले जानकारी गराए । बढैयाताल गाउँपालिकाले पीडितहरुको सवाल सम्बोधन गर्न गरिरहेको नितिगत योजनाको बिषयमा छलफल भयो । बढैयाताल गाउँपालिका क्षेत्रका पीडितको समस्या सम्बोधनका लागि लिखित माग पत्र पेश गरी नितिगत निर्णय गर्न ध्यानाकर्षण गराए । महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद १३२५ र १८२० राष्ट्रिय कार्ययोजनाको बारेमा जानकारी गराउँदै कार्यान्वयनका लागि ध्यानार्कषण गराएएको थियो ।
