आठ वटै पालिकामा विभिन्न कार्यक्रम गर्दै अन्र्तराष्ट्रिय दिवश मनाइयोआठ वटै पालिकामा विभिन्न कार्यक्रम गर्दै अन्र्तराष्ट्रिय दिवश मनाइयो

गुलरिया
भदौ १४ गते


वेपत्ता स्थिति सार्वजनिक गर, भुँई तहका द्वन्द्व पीडितको आवश्यकता सम्बोधन गर, वेपत्ता पारिएका ब्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप तत्काल आयोग गर, को माग र नाराको मुलमर्म सहितको १६ औं बलपुर्वक बेपत्ता पारिएका पीडितहरूको अन्तरराष्ट्रिय दिवस द्दण्द्दट सिभिसि बर्दियाकाको मुल संयोजनमा विभिन्न संस्था र निकायको सहकार्यमा जिल्ला तथा बर्दियाको आठ वटै पालिकामा बिभिन्न गतिविधी गरी मनाइयो ।

बाँसगढी, राजापुर, ठाकुरबाबा, बारबर्दिया, ठाकुरबाबा, मधुवन नगरपालिका साथै गेरुवा र बढैयाताल गाउँपालिकाले आफनै आयोजनामा वेपत्ता दिवश सिभिसि र अन्य संस्थासंगको सहकार्यमा बनाएका थिए ।


गुलरियामा आयोजित कार्यक्रममा
 पीडितका शसस्त्र द्वन्द्वको क्रममा वेपत्ता पारिएका ब्यक्तिहरु कहाँ छन् ?
 भुँईतहका पीडित केन्द्रित संक्रमणकालिन न्यायका लागि वेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर ।


 वेपत्ता पारिएका नागरिकहरुको अवस्था तत्काल सार्वजनिक गर ।
 वेपत्ता, हत्या, यातना, बलात्कार, घाईते, अंगभंग, लगायत पीडितको सत्यको खोजी तथा तत्कालिन र दिर्घकालिन परिपुरणीय कार्यक्रम तत्काल शुरु गर ।


 सामाजिक रुपान्तरण सहितको भुँईतहका पीडित केन्द्रित संक्रमणकालीन न्याय प्रक्रिया लागु गर ।
 भुँईतहका पीडित केन्द्रित संक्रमणकालिन न्यायका लागि पीडितहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर ।


 भुँईतहका पीडितहरुको तत्कालिन आवश्यकता सम्बोधन गर ।
 दिगो शान्तिका लागि पीडित केन्द्रित संक्रमणकालिन न्याय सुनिश्चित गर ।


 भुँईतहका पीडित केन्द्रित शिक्षा, स्वास्थ्य, रोजगारीको तत्काल ब्यवस्था गर ।
सहितका बिभिन्न माग सहित ब्यानर र प्ले कार्ड सहित ¥याली गुलरिया बजार परिक्रममा गरियो ।