ठाकुरद्धारा
असोज २० गते


द्वन्द्व पीडित समिति बर्दियाले द्वन्द्व पीडितको कथा सम्पादन कार्यशाला सम्पन्न गरेको छ । २०८३ असोज १७ देखि २० गतेसम्म भएको कार्यशालामा १८ जना द्वन्द्व पीडितको घटना, न्याय र जीवन भागाईको संघर्ष समेतिएको कथा न्यारेटिभ थेरापी मार्फत कथा लेख्न तालिम प्राप्त कथा लेखक मार्फत लेखिएका कथाहरु समावेश गरिएको थियो ।


पीडितहरुको कथा लेखन जिआईजेट सिपिएसको सहयोगमा सन २०२३ देखि भइरहेको छ । अहिलेसम्म १ सय १५ जनाको कथा लेखिसकेको र २५ जनाको कथा पुस्तकको रुपमा प्रकाशन गर्न तयारी अवस्था पुगेको सिभिसिका अध्यक्ष भागीराम चौधरीले बताउनु भयो ।


कथा लेखन र सम्पादन कार्यलाई स्तरिय बनाउन जिआईजेट सिपिएसका शान्ति सल्लाकार रमेश अधिकारी र शैलैश्वरी शर्माले गर्दै आउनु भएको छ ।