वेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न मागवेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न माग

गुलरिया
भदौ १४ गते


१६औँ अन्तर्राष्ट्रिय बेपत्ता पार्ने कार्यविरुद्धको दिवसका अवसरमा आयोजित अन्र्तक्रिया कार्यक्रमको अध्यक्षता सिभिसी बर्दियाका अध्यक्ष श्री भागीराम चौधरीले गर्नुभएको थियो । राष्ट्रिय गान बजाएर कार्यक्रमको शुभारम्भ गरिएको थियो । तत्पश्चात् सशस्त्र द्वन्द्वका क्रममा बलपूर्वक बेपत्ता पारिएका तथा ज्यान गुमाएका व्यक्तिहरू, साथै देशमा परिवर्तनका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूको सम्मान तथा सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा सिभिसी बर्दियाका अध्यक्ष श्री भागीराम चौधरीले दिवस मनाउनुको उद्देश्यबारे बारेमा बोल्दै बर्दिया जिल्लामा रहेका द्वन्द्वपीडितहरूको वर्तमान अवस्था तथा उनीहरूले भोग्दै आएका समस्या र चुनौतीहरूका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।


अन्तरक्रिया कार्यक्रममा द्वन्द्व पीडित तथा प्रभावित परिवारकी सदस्य रहनु भएकी लुम्बिनी प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री कृष्णा कुस्मा थारु प्रमुख अतिथि, राजनीतिक दलका प्रमुख तथा अन्य सरोकारवालाहरूको आथिथ्यतामा दिवश मनाइएको थियो । मन्त्री कृष्णा कुस्मा थारुले द्वन्द्वको समयमा सुरक्षाकर्मीले मेरो श्रीमानलाई हत्या गर्नुको साथै दाजुलाई नियन्त्रणमा लिई वेपत्ता पारिएको र म आफै हिरासतमा बस्दा चरम यातना पाएको ब्यक्ति भएको र आफु पनि द्वन्द्वपीडित र प्रभावित परिवारबाट भएकोले पिडा बुझेकोले, ‘जबसम्म पीडितहरुले न्याय पाउँदैनन, तबसम्म पीडितहरुको आवाज उठाईरहने बताउनु भयो ।


सो अवसरमा पीडितहरुले आफूहरूले भोग्दै आएका समस्या तथा सवालहरूलाई प्रश्नका रूपमा प्रस्तुत गर्दै ती सवालहरूको तत्काल समाधानका लागि आवश्यक पहल तथा अग्रसरता लिन दबाब दिएका थिए ।
दिवशका विभिन्न कार्यक्रममा बर्दिया जिल्लाका सबै ८ वटा पालिकाका द्वन्द्वपीडितहरू तथा जिल्लास्थित सरोकारवाला सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा २७१ जना द्वन्द्वपीडित र २० जना सरोकारवालासहित जम्मा २९१ जनाको उपस्थिति रहेको थियो । जस मध्य २११ जना महिला र ८० जना पुरुष सहभागी रहेका थिए ।