गुलरिया, ११ चैत्र
सिभिसि बर्दियाले सत्य स्थापनाको लागि साहित्यको भुमिका र द्वन्द्व पीडितको इतिहाँस लेखनमा पीडितको सक्रियता विषयक अन्र्तसंवाद गरेको छ । सत्य थाहा पाउने अधिकारको अन्र्तराष्ट्रिय दिवश २०२५ को सन्दर्भमा द्वन्द्व पीडित समिति बर्दियाको आयोजनामा जिआईजेड र द स्टोरी किचेनको सहकार्यमा २०८१ चैत्र ११ गते (२४ मार्च २०२५) गुलरियामा सम्पन्न भएको हो । द्वन्द्व पीडितहरु, पत्रकारहरु सहित सहभागीतामा बिहान ९ः०० देखि १०ः०० बजेसम्म सरकारसंग बिभिन्न माग सहितको ब्यानर, प्लेकार्ड शान्ति ¥याली निकाली गुलरिया बजार परिक्रमा गरिएको थियो ।

शान्ति ¥याली पछि बिजया गेष्टहाउसको कन्फेरेन्समा सत्य स्थापनाको लागि साहित्यको भुमिका र द्वन्द्व पीडितको इतिहास लेखनमा पीडितको सक्रियता विषयमा केन्द्रित रहि प्यानालिष्ट संवाद गरिएको थियो । सिभिसि बर्दियाका कार्यसमिति पदाकिारी र सदस्य, आठ वटै पालिकाका द्वन्द्व पीडित र उनीहरुको सन्तान, साहित्यमा कलम चलाई रहेको लेखक, साहित्यकार, मानवअधिकाकर्मी, नागरिक समाजका प्रतिनिधी पत्रकार, पीडित तथा पीडितका सन्तान गरी ६० जनाको सहभागीता रहेको थियो ।
सिभिसि बर्दियाका कार्यक्रम संयोजक मानबहादुर चौधरीले सहजीकरण गर्नु भएको अन्र्तसंवादमा प्यानालिस्ट भागीराम चौधरी अध्यक्ष सिभिसि बर्दिया, न्यारेटिम थेरापी कथा लेखक कविता वली, सुभद्ध्रा थारु, कथाकार तथा अनुसन्धानकर्ता शोभाराम चौधरी (शेखर दहित), अध्यक्ष बर्दियाली साहित्य समाज राजेन्द्रप्रसाद धिताल, प्रगतीशिल लेखक संघ बर्दिया अध्यक्ष प्रभात सुवेदी रहनु भएको थियो ।

संक्रमणकालिन न्याय प्रक्रियामा के के प्रमाण, कसरी सुरक्षित राख्न आवश्यक छ ? यसमा पीडित परिवार त्यससंगै अन्य सरोकारवालाको भुमिकालाई कसरी लिन सकिन्छ ? संक्रमणकालिन न्याय प्रक्रियामा स्मृतिका कार्य गर्न यो किन गर्न आवश्यक छ ? के के विषयमा स्मृतिका कार्य गर्न सकिन्छ ? बर्दियामा कस्तो प्रयासहरु । इतिहाँस र त्यसको लेखनको महत्व के हो ? यस अभिलेखिकरण गर्न किन आवश्यक छ ? साहित्य भनेको के हो ? यसमा के के विषय बस्तु समेतिएका हुन्छन् ? भन्ने बिषयमा संवाद भएको थियो ।
सो अवसरमा सशस्त्र द्वन्द्वको क्रममा हत्या र वेपत्ता पारिएका छोराछोरीको घटना संघर्षको कथा संक्षिप्त रुपमा सुनाउनु भएको थियो । साहित्यकार, लेखकहरुसंग पीडितले ब्यक्त गरेको, घटनाको सत्य, पीडा, संघर्ष र उपलब्धीलाई कथा, कविता, गीत, गजल, मुक्तक, नाटक, लेख, जीवनी लगायत साहित्यमा कसरी समेत्न सकिन्छ ? भन्ने विषयमा केन्द्रित रही संवाद भएको थियो ।

सत्य स्थापनाको लागि साहित्यको भुमिका र द्वन्द्व पीडितको इतिहाँस लेखन र स्मृतिको कार्यमा पीडितकै सक्रियता किन आवश्यक देखिएकोले अन्र्तसंवाद गरिएको सिभिसि बदियाका अध्यक्ष भागीराम चौधरीले बताउनु भयो । यस कार्यक्रममा सहभागी पीडितका सन्तानहरुले नै आफ्ना घटना, पीडा र संघर्षका कथा लेखन चासो दिएर सक्रिय हुनेमा बिश्वास रहेको पनि अध्यक्ष चौधरीले बताउनु भयो ।
