द्वन्द्व पीडित समिति, बर्दियाको प्रशिक्षार्थी (Trainee) आवश्यकता सम्बन्धी प्रकाशित सूचनाद्वन्द्व पीडित समिति, बर्दियाको प्रशिक्षार्थी (Trainee) आवश्यकता सम्बन्धी प्रकाशित सूचना

मिति २०८३ साउन १० गते

द्वन्द्व पीडित समिति (cvc) बर्दिया, नेपालको १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा पीडित बनाइएका व्यक्तिहरुको सक्रियतामा २०६३ सालमा स्थापना भएको अभियानमुखी संस्था हो। समितिले द्वन्द्व पीडितको सत्य, न्याय र परिपूरणका अधिकार प्राप्तिका लागि विभिन्न निकायसंग सहकार्य र समन्वय गरी अभियानहरु संचालन गर्दछ । द्वन्द्व पीडितद्धारा पीडितकै लागि न्यायको अभियान अगाडी बढाउने सिभिसी दुवैतर्फका पीडितको सहभागिता भएको नेपालको पहिलो पीडित संस्था हो । पीडितमुखी अभियानलाई अझ सशक्त रुपमा अगाडि बढाउन द्वन्द्व पीडित समिति, बर्दियाले द्वन्द्व पीडितहरुको परिचालन तथा लेखा व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले एक (१) जना प्रशिक्षार्थी (Trainee) आवश्यक रहेको जानकारी गराउँदै इच्छुक व्यक्तिहरुबाट आवेदन आह्वान गर्दै यस सुचना प्रकाशन गरिएको छ ।
पद: प्रशिक्षार्थी (Trainee)
सेवा अवधिः आरम्भमा ३ महिना तथा कार्य सन्तोषजनक भएमा थप ३ महिना अवधि नवीकरण गर्न सकिने ।

सेवा स्थान : द्वन्द्व पीडित समिति कार्यालय, गुलरिया बर्दिया
सेवा सुबिधाः संस्थाको नियम अनुसार

आवश्यक योग्यता :

  • नेपाली नागरिक ।
  • १८ वर्ष पुरा भई ४५ वर्ष नकटेको ।
  • सम्बन्धीत विषयमा प्लस टु (+2) पास गरेको वा सो सरह ।
  • कम्प्युटर तथा MS Office को अनुभव दक्षता ।
  • नेपाली र अंग्रेजी टाइपिङ् आउने ।
  •  स्थानीय (थारू) भाषा र परिवेशबारे राम्रो बुझाई भएको ।
  • टिममा काम गर्ने क्षमता र सकारात्मक सोच भएको ।

    प्रशिक्षार्थी (Trainee) निम्न जिम्मेवारीहरू बहन गर्नु पर्नेछ :
  • द्वन्द्व पीडितहरुको विवरण संकलन र अद्यावधिक गर्न सहयोग गर्ने । लेखा अभिलेख राख्न र वित्तीय विवरण तयार गर्न सहयोग गर्ने ।
  •  समिति र सरोकारवाला बीचको समन्वयमा सहयोग गर्ने ।
  • अन्य आवश्यक प्रशासनिक कार्यमा सहयोग गर्ने ।

आवेदन दिने समयावधी र ठेगाना :
इच्छुक उम्मेदवारले आफ्नो बायोडाटा, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि र प्रेरणा पत्र (Motivation Letter) सहित २०८३ साउन १७ गते भित्र निम्न ठेगानामा पठाउनु- बुझाउनु हुन अनुरोध गरिन्छ :
द्वन्द्व पीडित समिति, बर्दियाको कार्यालय गुलरिया ५ उद्योग बाणिज्य संघको कार्यालय नजिक
फोन :
९८५८०३०३१८, ९८५८०२७७४७,
इमेल :cvcnepal@gmail.com
कार्यालय समय :
बिहान १०:०० देखि अपराह्न ५:०० बजेसम्म
नोटः द्वन्द्व पीडित र तिनका परिवारका सदस्यलाई पहिलो प्राथमिकता दिइने छ ।