दिगो शान्तिका लागि साझा इतिहास र बुझाई निमार्ण गर्न आवश्यकदिगो शान्तिका लागि साझा इतिहास र बुझाई निमार्ण गर्न आवश्यक

ठाकुरद्धारा

असोज २३ गते

दिगो शान्तिका लागि द्वन्द्व साझा इतिहास र बुझाई निमार्ण गर्न आवश्यक रहेको कुरा नेपालका लागि जर्मनका राजदुत Udo Eugen Volz ले बताए । द्वन्द्वको साझा बुझाई बनाउन धेरै काम गर्न पर्ने आवश्यक रहेको पनि बताए । उनले सिभिसि बर्दियाको कार्यसमिति सहितको ठाकुरद्धारामा बैठकमा २०८३ असोज २३ गते बताएका हुन ।

राजदुत Udo Eugen Volz ले आफ्नो कुरा राख्दै, ‘मुख्यत पीडितले के चाहनु हुन्छ ? भन्ने कुरा हो । सिभिसिले भुँई तहको कुरा उठाई रहनु भएको छ । त्यो काठमाण्डौमा हुने बैठक र कार्यक्रमहरुमा छलफलमा उठाएर छलफल गर्ने छौं ।

यस अघि सिभिसि बर्दियाले गरिरहेको कामको बारेमा सिभिल पिस सर्भिस मार्फत सुनेका थियो । तर अहिले प्रत्यक्ष कुराकानी गर्न पाउँदा अझ धेरै कुराहरु थाहा भयो । जर्मन संस्था जहिले पनि पीडितहरुको पक्षमा कुनै न कुनै पक्षबाट सहयोग सहकार्य गर्न तयार छ ।

बर्तमान नयाँ सरकारसंग केही गर्न सकिन्छ की भन्ने आशा गरेका छौं । नयाँ सरकार द्वन्द्वसंग सम्बन्ध नराख्ने भएकाले अवसरको रुपमा लिएका छौं । संक्रमणकालिन न्याय प्रक्रियामा यस सरकारले कसैलाई जोगाउन वा लुकाउन पर्ने अवस्था छैन । उनीहरुलाई स्थानीय स्तरमा पीडितहरुको कस्तो पीडा र भोगाई रहेको छ, भन्ने कुरा थाहा नहुन सक्छ । अर्को कुरा उनीहरु पीडित भएर पनि पीडा भोग्नु नपरेकोले यसलाई कति र कसरी प्राथमिकतामा पार्छन भन्ने कुरा हेर्न बाँकी छ ।

छिटो गर्न पर्ने कुरा यस सरकारको प्राथमिकतामा नपरेको हुन सक्छन् । यस्तो सन्दर्भमा (सिभिसि) जस्तो संस्थाले अझ सक्रिय भएर काम गर्न आवश्यक छ ।

इतिहास खोटलेर हेर्दा, जर्मन पनि विशेषत फ्रान्ससंगको सिमा र भुमि स्वामित्वको सन्दर्भमा द्वन्द्व लडाई भयो । तर अहिले हामी साथीको रुपमा ब्यवहार गर्दछौं । यसका लागि दुवै देशको साझा बुझाई गराउन पाठ्क्रम बनाएर अध्यापन गराइएको थियो । त्यसले साझा इतिहासले साझा बुझाईको बिकास गरी हिंन्सा न्यनिकरण भयो ।

नेपामा द्वन्द्व सम्बन्धी पाठ्यक्रम छैन । त्यो सोभाविक हो, किने भने एक पक्षीय पढाइयो भने थप द्वन्द्व हुन्छ । अहिलेको अवस्थामा एक स्तरमा दुवै पक्षको पीडित एउटै हो भन्ने साझा बुझाई भएको छ । यस किसिमको अरु धेरै साझा बुझाई निमार्णका लागि अझ धेरै संवाद गर्न आवश्यक छ ।

आयोगले गरिरहेको काम त छर्दै छन् । तर शान्ति निमार्णका लागि त्यो भन्दा पर सम्म सोचेर काम गर्न पर्ने आवश्यक छ । द्वन्द्व पीडितका साझा इतिहाँस र साझा बुझाई बनाउन आवश्यक छ । साझा बुझाई बनाउन सबै पक्ष मिलेर काम गर्न पर्छ ।