राजापुर, ३ साउन
राजापुर नगरपालिकाले द्वन्द्व पीडितहरुको सवाल सम्बोधन गर्न शिक्षा, स्वास्थ्य विमा, आयआर्जन क्षेत्रमा हरेक बर्षको कार्यक्रम बनाई आवश्यक बजेत पनि विनियोजन गरि सम्बोधन गरिरहेको नगर प्रमुख दिपेश थारुले बताउनु भयो । राजापुर नगरपालिकाका प्रतिनिधी र पीडितहरु बीच २०८१ साउन ३ गते (१८ जुलाई २०२४) सम्पन्न वकालत बैठकमा बताउनु भएको भयो ।

राजापुर नगरपालिकाले द्वन्द्व पीडित परिवारका ६ जनालाई करार रोजगारी दिएको । महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद १३२५ र १८२० राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनका लाग्न सक्ने अनुमानित खर्च आकलन गरी ल्याउन नगर प्रमुख दिपेश थारुले सिभिसि बर्दियालाई अनुरोध गर्नुभयो ।
पीडितहरु आफ्ना सवालमा छलफलका लागि आफ्नै नेतृत्वमा वकालत बैठकका लागि राजापुर नगरपालिकासंग समन्वय गरेका थिए । बैठकमा श्ँम्९न्क्ष्श्रऋएक्० को सहयोग र सहकार्यमा सञ्चालन भइरहेको ुभ्लजबलअष्लन तजभ खयष्अभक या ऋयलाष्अित खष्अतष्mक तजचयगनज कतयचथतभििष्लन बलम ब्मखयअबअथु परियोजनाको बारेमा कार्यक्रम संयोजक मानबहादुर चौधरीले जानकारी गराए । राजापुर नगरपालिकाले पीडितहरुको सवाल सम्बोधन गर्न गरिरहेको नितिगत योजनाको बिषयमा छलफल भयो । राजापुर नगरपालिका क्षेत्रका पीडितको समस्या सम्बोधनका लागि लिखित माग पत्र पेश गरी नितिगत निर्णय गर्न ध्यानाकर्षण गराए । महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद १३२५ र १८२० राष्ट्रिय कार्ययोजनाको बारेमा जानकारी गराउँदै कार्यान्वयनका लागि ध्यानार्कषण गराएको थियो ।