मधुवन, २३ साउन
मधुवन नगरपालिकाले पीडितहरुको सवाल सम्बोधन गर्न शिक्षा, स्वास्थ्य विमा, आयआर्जन क्षेत्रमा हरेक बर्षको कार्यक्रम बनाई आवश्यक बजेत पनि विनियोजन गरि सम्बोधन माग गर्दै द्वन्द्व पीडित परिवारले माग पेश गरेका छन् । मधुवन नगरपालिकाका प्रतिनिधी र पीडितहरु बीच २०८१ साउन २३ गते ( ७ अगस्ट २०२४) सम्पन्न वकालत बैठकमा पीडितहरुले माग पेश गरेका हुन ।
बैठकमा पेश भएका मागको सन्दर्भमा कुनै कुनै तरिकाले सम्वोधन गर्ने कार्य भइरहेको बताउँदै आगामी वर्षमा थप ब्यवस्थित गर्द जाने मेयर तेजबहादुर भातले बताउनु भयो । महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद १३२५ र १८२० राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनका लागि बजेत छुट्याएर काम शुरु भइसकेको उप मेयर अनिता चौधरीले बताउनु भयो । पीडितहरु आफ्ना सवालमा छलफलका लागि आफ्नै नेतृत्वमा वकालत बैठकका लागि बाँसगढी नगरपालिकासंग समन्वय गरेका थिए । बैठकमा ZFD(GIZ/CPS) को सहयोग र सहकार्यमा सञ्चालन भइरहेको ‘Enhancing the voices of Conflict victims through storytelling and Advocacy’ परियोजनाको बारेमा कार्यक्रम संयोजक मानबहादुर चौधरीले जानकारी गराए । मधुवन नगरपालिकाले पीडितहरुको सवाल सम्बोधन गर्न गरिरहेको नितिगत योजनाको बिषयमा छलफल भयो । मधुवन नगरपालिका क्षेत्रका पीडितको समस्या सम्बोधनका लागि लिखित माग पत्र पेश गरी नितिगत निर्णय गर्न ध्यानाकर्षण गराए । महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद १३२५ र १८२० राष्ट्रिय कार्ययोजनाको बारेमा जानकारी गराउँदै कार्यान्वयनका लागि ध्यानार्कषण गराएएको थियो ।