बाँसगढी, ११ साउन
बाँसगढी नगरपालिकाका प्रमुख खडकबहादुर खड्काले द्वन्द्व पीडितहरुको सवाल सम्बोधन गर्न शिक्षा, स्वास्थ्य विमा, आयआर्जन क्षेत्रमा हरेक बर्षको कार्यक्रम बनाई आवश्यक बजेत पनि विनियोजन गरि सम्बोधन गरि रहेको र त्यसलाई निरन्तरता दिने बताउनु भयो । उक्त कुरा बाँसगढी नगरपालिकाका प्रतिनिधी र पीडितहरु बीच २०८१ साउन ११ गते (२६ जुलाई २०२४) मा सम्पन्न वकालत बैठकमा बताउनु भएको भयो ।

महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद १३२५ र १८२० राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनका लाग्न सक्ने बजेटको बारेमा पनि कार्यपालिकामा छलफल गरी अगाडी बढ्ने बताउनु भयो । पीडितहरु आफ्ना सवालमा छलफलका लागि आफ्नै नेतृत्वमा वकालत बैठकका लागि बाँसगढी नगरपालिकासंग वकालत बैठकका लागि समन्वय गरेका थिए । बैठकमा ZFD(GIZ/CPS) को सहयोग र सहकार्यमा सञ्चालन भइरहेको ‘Enhancing the voices of Conflict victims through storytelling and Advocacy’ परियोजनाको बारेमा कार्यक्रम संयोजक मानबहादुर चौधरीले जानकारी गराए ।
बाँसगढी नगरपालिकाले पीडितहरुको सवाल सम्बोधन गर्न गरिरहेको नितिगत योजनाको बिषयमा छलफल भयो । बाँसगढी नगरपालिका क्षेत्रका पीडितको समस्या सम्बोधनका लागि लिखित माग पत्र पेश गरी नितिगत निर्णय गर्न ध्यानाकर्षण गराए । महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद १३२५ र १८२० राष्ट्रिय कार्ययोजनाको बारेमा जानकारी गराउँदै कार्यान्वयनका लागि ध्यानार्कषण गराएको थियो ।
