ठाकुरबाबा, २६ फागुन
ठाकुरबाबा नगरपालिकाले देश र नागरिकको पक्षमा बलिदानी दिनुहुने सहिद र वेपता ब्यक्तिहरुको स्मृतिको कार्यका लागि शान्ति पार्क निमार्ण गर्ने भएको छ । उक्त कुरा फागुन २६ गते द्वन्द्व पीडित परिवारहरुसंगको बैठकमा मेयर तिलकराम लम्साल र उपमेयर बिना भट्राईले बताउनु भएको हो ।

शान्ति पार्क निमार्ण कार्यका लागि स्थान केही समयमा नै सबै पक्षको छलफलबाट निश्चित गर्ने गरी काम अगाडी बढि सकेको ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले बताउनु भयो । शान्ति पार्कका लागि सरोकार सबै पक्षसंग सहकार्यका लागि पनि समन्वय गरेर अगाडी बढ्ने पनि प्रमुख लम्सालले बताउनु भयो ।
ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख शान्ति पार्कमा स्थापना गर्नका लागि शान्ति दुतको रुप मानिने गौतम बुद्धको मुर्ति निमार्ण कार्य पनि भइरहेको बताउनु भयो । शान्ति पार्क भित्र २००७ साल देखि हालसम्मका बिभिन्न काल खण्डमा भएका आन्दोलनका क्रममा देशका लागि रगत बलिदानी दिनु भएका सहिद र वेपत्ता हुने हुने ब्यक्तिको इतिहासलाई बिभिन्न रुपमा ब्यवस्थित रुपमा राखिने पनि उपप्रमुख भट्राईले बताउनु भयो ।
ठाकुरबाबा नगरपालिकाले पीडितहरुको सवाल सम्बोधन गर्न गरिरहेको नितिगत योजनाको बिषयमा छलफल भयो । ठाकुरबाबा नगरपालिका क्षेत्रका पीडितको समस्या सम्बोधनका लागि लिखित माग पत्र पेश गरी नितिगत निर्णय गर्न ध्यानाकर्षण गराए ।

महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद १३२५ र १८२० राष्ट्रिय कार्ययोजनाको बारेमा जानकारी गराउँदै कार्यान्वयनका लागि ठाकुरबाबा नगरपालिकाले गरेको नमुना स्तरको कार्यलाई पहिचान भएका आवश्यकता सम्वोधन गर्न निति तथा कार्यक्रम ल्याउन पर्ने माग पनि पीडित परिवारले गर्नु भएको थियो ।
द्वन्द्व पीडित समिति बर्दियाका अध्यक्ष भागीराम चौधरीले द्वन्द्व पीडितहरुको मानसिक स्वास्थ्य संगै अन्य प्राथमिकताका बिषयमा पालिकाले दिगोपना रुपमा काम गर्न पर्नेमा जोड दिनु भयो ।
