भुरीगाउँ, २७ फागुन
द्वन्द्व पीडित समिति (सिभिसि) बर्दियालाई ठाकुरबाबा नगरपालिकाले आफ्नो आठौं स्थापना दिवशको २०८१ फागुन २७ गते अवसरमा आयोजित कार्यक्रममा सम्मान गरेको छ । कार्यक्रममा सिभिसि बर्दियाका अध्यक्ष भागीराम चौधरीलाई कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । द्वन्द्व पीडित अभिलेख, सवाल पहिचानका साथै सम्बोधनका लागि ठाकुरबाबा नगरपालिकाको योजनाबद्ध कार्यलाई सफल बनाउन महत्वपूर्ण योगदान वापत सम्मान गरिएको हो ।

ठाकुरबाबा नगपालिकाले महिला शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्र संघ सुरक्षा परिषदको प्रस्ताव न. १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका देश कै पहिलो नमुना पालिकाको रुपका काम गरेको छ । द्वन्द्व पीडितहरुको सबै खाले सवाल पहिचान गरि योजनाबद्ध रुपमा सम्वोधन गर्न नितिगत रुप मै निर्णय गरी का मगर्दै आएको छ । उक्त कार्यमा सिभिसि बर्दियाले ठाकुरबाबा नगरपालिकासंग सहकार्य र प्राविधिक सहयोग गर्दै आएको छ ।

ठाकुरबाबा नगरपालिकाले आफ्नो आठौं स्थापना दिवशको द्वन्द्व पीडितहरु सहित नागरिकहरुको मानसिक स्वास्थ्य क्षेत्रमा पालिकालाई सहयोग सहजीकरण गर्दै आएको सिएमसि नेपाल पनि सम्मानित भएको छ । सिएमसि नेपालका लुम्बिनी प्रदेश संयोजक हिमाल गैरेलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । सो अवसरमा ठाकुरबाबा नगरपालिकाको समग्र बिकास समृद्धीमा योगदान प¥याएका ब्यक्ति, कर्मचारी र विभिन्न संघ संस्थालाई पनि सम्मान गरिएको थियो ।