बाँसगढी, २० वैशाख
शसस्त्र द्धन्द्धको क्रममा सुरक्षाकर्मीले पक्राउ गरी कारागारबाट छोडिएको भनिए पनि २३ वर्ष कुर्दा पनि घरमा नआई पुगेपछि कुँशको शव बनाएर अन्टेष्टि गरेका छन् ।


सशस्त्र द्धन्द्ध चलि रहेको थियो । साविक मोतिपुर गाविस मदाहा हाल बाँसगढी नगरपालिका ४ मदाहाका सशस्त्र प्रहरीमा जागीरे तुल्सीराम थारु घर बिदामा आएका थिए । सोहि अवस्थामा २०५८ साल माघ १२ गते शुक्रबार बिहान ७ बजे तिर मोतीपुर ईलाकाबाट आएको पुलिसले सोधपुछ गर्ने भन्ने बाहानामा घरबाट गिरफ्तार गरेको थियो ।
तुलषीरामलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखियो । पीडित परिवारलाई शुरुमा भेट गर्न समेत दिइएन तर पछि सहज भयो । नियमित भेट गर्न जाने क्रममा २०५९ साल वैशाख २० गते भेट गर्न जाँदा त्यहाँ नभएकोले भेट हुन सकेन । केही दिनपछि एउटा पत्रिका मार्फत जेलबाट पनि छोडी सकेको जानकारी आयो । तर मान्छे अहिलेसम्म पनि घरमा फकिएर आउनु भएको छैन । तुलषीराम संगै मदाहा गाउँकै तीन जनालाई पनि वेपत्ता बनाएको थियो । उनीहरुको अवस्था पनि अज्ञात रहेको छ ।
जिल्ला कारगारबाट छोडिएको भनिएका तुलषीराम थारु आजको मिति २०८२ वैशाख २० गते २३ वर्ष पुरा भएको छ । श्रीमती अनिता थारु र छोरा सुनिल थारु अब आफ्नो मान्छे फर्किन्छन् भन्ने आश मार्दै कुँशको शव बनाएर थारु सस्कार अनुसार अन्टेष्टि गरेका छन् ।

