
गुलरिया । १४ भदौ २०८२
सत्यनिरुपण तथा मेलमिलाप आयोगमा बर्दिया जिल्लाबाट करिब तीन हजार उजुरी परेका छन् । पछिल्लो तीन महिनाको अवधिमा नेपालभरीमा सबै भन्दा बढि एक हजार एक सय ५३ ओटा उजुरी बर्दिया जिल्लाबाट मात्र परेका छन् । देशभरबाट पछिल्लो तीन महिनामा थप १५ हजार उजुरी दर्ता भएको सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य डा. टिका प्रसाद ढकालले बताउनु भयो । उहाँका अनुसार बर्दिया जिल्लाबाट मात्रै करिब तीन हजार उजुरी पुग्न सक्ने बताउँदै देशभरबाट आयोगमा नयाँ र पुरानो गरि ८० हजार उजुरी दर्ता भएको बताउनु भयो ।

पछिल्लो उजुरीमा जबरजस्ती करणी र यौनजन्य हिँसाको शिकार भएका महिला दिदिबहिनीको पनि उजुरी संकलन गरिएको छ । आयोगका सदस्य डा. ढकालले आयोगमा केही आधारभुत काम गर्नुपर्ने भएकोले पीडित समक्ष हाल नपुगेको बताउँदै पीडितहरू समक्ष नै आयोग आउने बताउनु भयो । उहाँले भन्नु भयो –“हजुरहरूको कुरा सुन्नका लागि हामी जति सक्दो छिटो घर दैलोमा आउँछौँ ।” पीडितहरूलाई न्याय र परिपुरणका लागि आयोग तयार भएको बताउँदै आयोग पीडित परिवार सँगै रहेको आश्वासन दिनु भयो ।

१५ औँ अन्तराष्ट्रिय बेपत्ता विरुद्धको दिवसका अवसरमा बर्दिया जिल्लामा द्वन्द्वपीडित परिवारहरूले शान्ती र्याली निकालेका थिए । भने द्वन्द्वपीडित समिति बर्दियाको अगुवाईमा पीडित परिवार र आयोग विच अन्तरसंवाद कार्यक्रम भएको थियो । करिब तीनसय ५० पीडित परिवार सहभागी कार्यक्रममा ३४ जना पीडित परिवारले दुई ओटै आयोग समक्ष आफ्ना भनाई राखेका थिए ।
१५ औँ अन्तराष्ट्रिय बेपत्ता विरुद्धको दिवसका अवसरमा बर्दिया जिल्लामा द्वन्द्वपीडित परिवारहरूले शान्ती ¥याली निकालेका थिए । भने द्वन्द्वपीडित समिति बर्दियाको अगुवाईमा पीडित परिवार र आयोग विच अन्तरसंवाद कार्यक्रम भएको थियो । करिब तीनसय ५० पीडित परिवार सहभागी कार्यक्रममा ३४ जना पीडित परिवारले दुई ओटै आयोग समक्ष आफ्ना भनाई राखेका थिए ।

